वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

Scientific Socialist Communist Party, Nepal

 

प्रेस विज्ञप्ति

हिजोे राति ११ः३७ वजे जाजरकोट केन्द्रविन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भुकम्पका कारण जाजरकोट र रुकुम–पश्चिम जिल्लामा ठुलो मानविय र भौतिक क्षति भएको घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ ।
यस प्राकृतिक विपत्तीका कारण मृत्यू भएका सम्पूर्ण मृतकहरुको स्मरण गर्दै हाम्रो पार्टी मृतकका आफन्तजनहरुमा गहिरो समवेदना प्रकट गर्दछ । भुकम्प पीडितहरुको उद्धार, भुकम्प प्रभावित क्षेत्रमा आवश्यक राहत, औषधोपचारलगायतका अत्यावश्यक व्यवस्थापन गर्न तथा घाईतेहरुको उद्धार र शीघ्र उपचारको व्यवस्था मिलाउन नेपाल सरकार र सरोकारवाला सबैमा पार्टी गम्भीर अपिल गर्दछ ।
साथै, सिंगो पार्टी पंक्तीलाई यस भुकम्पबाट पीडितहरुको उद्धार, घाइतेहरुको उपचार र भुकम्पग्रस्त क्षेत्रमा आवश्यक व्यवस्थापकीय तयारीका लागि खटिन निर्देश गर्दछौ ।

कात्तिक १८, २०८०
(श्याम कुँवर)
प्रवक्ता

Share on Social Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *