वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

Scientific Socialist Communist Party, Nepal

पार्टी निर्माणको ऐतिहासिक रुपरेखा संक्षेपमा
वि.सं. २०७५ साल वैशाख २१ गते काठमाडौंमा सम्पन्न एक प्रारम्भीक भेलाले वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माणका लागि देशैभरी वैचारिक तथा संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गर्दै त्यसको लागि आवश्यक एक अभियान समिति र विचारधारात्मक प्रस्ताव पत्रसमेत पारित गर्दै औपचारिक रुपमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको बहस र पहलको शुरुवात गरेको थियो । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको भ्रुणको रुपमा रहेको उक्त अभियानले करिब साढे दुई वर्षको वैचारिक पहल र प्रयत्नपछि क्रान्तिकारी शक्तिहरुका वीच रणनीतिक संयुक्त मोर्चा निर्माणमा औपचारिक भुमिका खेल्नुपर्ने राष्ट्रिय आवश्यक्ता महशुस गर्दै २०७७ पुष १७–१८ गतेको अभियान समितिको बैठक पछि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको रुपमा संगठनात्मक गतिविधि शुरु ग¥यो । अनौपचारिक रुपमा पार्टीको संगठनात्मक गतिविधी शुरु गरेको करिब १ वर्षपछि बि.सं.२०७८ चैत्र १७ गते दिउसो काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रष्ठिानमा भव्य प्रारम्भ सत्र र चैत्र १७ देखी १९ सम्म भक्तपुरको बोडेमा बन्दसत्र गरि औपचारिक रुपमा आफ्नो प्रथम राष्ट्रिय भेला भव्यताकासाथ सम्पन्न ग¥यो । भेलाले पार्टीको विधान प्रतिवेदन पारित गर्नुका साथै आगामी ४ वर्षको लागि महासचिव कमरेड आहुतिको नेतृत्वमा पार्टीको पहिलो केन्द्रीय समिति समेत निर्वाचित ग¥यो । हाल (बि.सं.२०८० असारसम्म) देशको ७२ वटा जिल्लामा क्रियाशिल पार्टी देशबाहिर नेपाली श्रमिक रहेका १० वटा देशमा सक्रियतापुर्वक गतिविधी गरिरहेको छ भने ७ वटा जनवर्गीय संगठनहरु गठन भइ संगठीतरुपमा आ–आफ्ना गतिविधीहरु गरिरहेका छन् ।

पार्टीको आवश्यक्ता, लक्ष्य र उद्देश्य संक्षेपमा
नयाँ युगको नयाँ कम्युनिष्ठ आन्दोलन सञ्चालन गर्न निर्माण गरिएको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल आजको युगको विश्व दृष्टिकोण द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई अङ्गीकार गर्ने माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्तको रmपमा अवलम्बन गर्दै अगाडी बढेको कम्युनिष्ट पार्टी हो । यसले भूमण्डलीकृत पुँजीवाद र त्यसबाट पालित–पोषित रहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरmद्ध सङ्घर्र्ष गर्दै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने कार्यलाई आजको नेपाली क्रान्तिको रणनीतिको रुपमा प्रस्तुत गरेको छ ।
यो प्रारम्भदेखि नै वैज्ञानिक समाजवादी व्यवस्थाको राजनीतिक प्रणाली, अर्थव्यवस्था, सामाजिक प्रणाली र सांस्कृतिक प्रणालीको निर्माण गर्दै आम जनविद्रोहद्वारा क्रान्ति सम्पन्न गर्न सङ्कल्पित छ ।
यो पुँजीवादको चौथो चरण भूमण्डलीकृत पुँजीवादमा उत्पादक शक्तिमा भएको गुणात्मक परिवर्तनपछि आज प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि भएको र त्यसकै आधारमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने योजनामा कृयाशील छ ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल राष्ट्रिय स्वाधीनताको रक्षा र आत्मनिर्भर उत्पादन प्रणाली निर्माण गर्न प्रतिबद्ध छ । यो समुदायलाई उत्पादक बनाउने, कार्यकारी बनाउने, मुलतः सार्वभौम बनाउने र राज्यलाई संयोजन र व्यवस्थापनको जिम्मेवारी दिने सवालमा दृढ छ ।
यसले मुलुकमा विद्यमान शोषण, विभेद र उत्पीडनमा रहेका सबै वर्ग, जात, उत्पीडित राष्ट्र, लिङ्ग, भाषा र संस्कृतिका जनताको स्वतन्त्रता, न्याय र मुक्तिको लागि अठोट गर्दछ । साथै मुक्ति, समानता र स्वतन्त्रताको यस यात्रामा आठ हजार वर्ष लामो पितृसत्ताको अन्त्य र महिला मुक्तिको सवाल अनि दक्षिण एसियाको हकमा तीन हजार वर्ष लामो जात व्यवस्थाको अन्त्य र दलित समुदायको मुक्तिको सवाललाई वर्गीय उत्पीडनसरह घनत्व भएको विषय ठान्दछ ।
सन् १९५९ को क्युबाली क्रान्तिपछि संसारभर अर्को सफलता हात नपर्नु र भएका समाजवादी सत्ता पनि मक्किएको दरवार ढलेजस्तै ढल्नु अर्थात प्रतिक्रान्ति हुनुलाई गम्भीर समीक्षा गर्दै प्रतिक्रान्तिको शिक्षासहित आफ्नै मौलिकतामा नेपाली क्रान्ति सञ्चालन गर्न सर्वहारा–श्रमिक र विस्थापित वर्गको नेतृत्वमा मध्यम वर्गको एकतामा दलाल पुँजीपति वर्गमाथि प्रहार केन्द्रित गर्दै वैज्ञानिक समाजवाद निर्माण गर्ने र साम्यवादको दिशामा अघि बढ्ने यसको मुख्य लक्ष्य रहेको छ ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रीय समिति (प्रथम राष्ट्रिय भेलावाट निर्वाचित तथा पहिलो केन्द्रीय समितिको पाँचौं पुर्ण बैठकद्वारा अद्यावधीक गरिएको)

१. महासचिव क.आहुति
२. प्रवक्ता क.श्याम कुँवर
३. क.धनकुमारी सुनार
४. क.राजेश्वरी सुवेदी
५. क.वैद्यनाथ ठाकुर
६. क.गोकुल राई
७. क.काल्साङ्ग लामा
८. क.दीपनारायण दास
९. क.लच्छुराम विश्वकर्मा
१०. क.पुष्पराज भण्डारी
११. क.सुरेन्द्र लुँइटेल
१२. क.बुद्धलक्ष्मी महर्जन
१३. क.राजन डोने
१४. क.जागृत रायमाझी
१५. क.मदन अर्याल
१६. क.राजकुमार हिङमाङ
१७. क.शान्ति गजमेर
१८. क.मोहन लकान्द्री
१९. क.प्रल्हाद राउत
२०. क.सुरज राई
२१. क.लक्ष्मण न्यौपाने
२२. क.रुविना झा
२३. क.भुपाल साङपाङ
२४. क.रुपा सुनार
२५. क.रुकु रनपाल
२६. क.गणेश रसाइली
२७. क.जेपी मोक्तान
२८. क.देवसिंह लामा
२९. क.तिर्थमाया तामाङ
३०. क.तिर्थ मजाकोटी
३१. क.प्रकाश शर्मा
३२. क.याम रसाइली
३३. क.प्रेम कार्की
३४. क.शशी सुनार
३५. क.डेविड परियार
३६. क.विक्रम सचेत
३७. क.देवराज कठायत
३८. क.गगन सुनार
३९. क.यसोदा बराल
४०. क.करण बुढा क्षेत्री
४१. क.जीवन दास
४२. क.कृष्ण विश्वकर्मा
४३. क.सन्तोष बराइली
४४. क.राजेश नेपाली
४५. क.आर. वि. कुँवर
४६. क.सुवास पाण्डे
४७. क.हिरादेवी दास
४८. क.सुमनसिंह कुशवाह

Share on Social Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *