वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

Scientific Socialist Communist Party, Nepal

कमरेड दीपनारायण दासको शोक तथा समवेदना कार्यक्रम सम्पन्न

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा, नेपालको अध्यक्ष मण्डलका सदस्य कमरेड दीपनारायण दासको मृत्यु भएको ७ औं दिनमा शोक तथा समवेदना कार्यक्रम सम्पन्न भएको छ । मंगलबार वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल धनुषा जिल्ला समितिको आयोजनामा उहाँकै जन्मस्थान धनुषा जिल्लाको रघुनाथपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टीका महासचिव आहुतिका साथै दर्जन बढी केन्द्रीय सदस्यहरु, विभिन्न राजनीतिक दलका नेताहरू, सामाजिक अभियन्ता र स्थानीयको सहभागीता रहेको थियो । कमरेड दीपनारायण दासको शोक तथा समवेदना कार्यक्रममा उहाँका सहकर्मीहरु र परिवारजनले पनि स्मरण मन्तव्य राखेका थिए ।

कमरेड दीप नारायण दासको स्मरणमा परिवारले उहाँको स्मरणमा नजिकैको सामुदायिक विद्यालयमा छात्रावृत्ति कोष स्थापना गर्ने घोषणा गरेको थियो । निरन्तर कम्युनिस्ट आन्दोलन र समाज रुपान्तरणमा लागेका दीप नारायण दासको हृदयघातका कारण गत कात्तिक २९ गते मृत्यु भएको थियो ।