वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल

Scientific Socialist Communist Party, Nepal

बिचार

जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला चितवनमा

जात व्यवस्था उन्मुलन मोर्चाको राष्ट्रिय भेला चितवनमा हुने भएकाे छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँग आवद्ध संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको दोस्रो राष्ट्रिय भेला यही जेठ १०, ११  र १२ गते चितवनमा हुने भएको हाे ।

नेपाललगायत दक्षिण एशियाकै वर्गको निर्माण जात व्यवस्थामा आधारित छ । जात व्यवस्था भनेको सिङ्गै राजनीति, अर्थतन्त्र र संस्कृतिसहितको विशिष्ट रुपले हुर्काउँदै ल्याएको शोषणमूलक प्रणाली हो । पैंतीस सयवर्षदेखि जरो गाडेको हिन्दू धर्म सापेक्ष वर्णाश्रम व्यवस्था आजको समयसम्म आइपुग्दा जात व्यवस्थामा विस्तारित भएर सिङ्गै दलित समुदायको राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनीक र सांस्कृतिक जीवन ध्वंसात्मक पार्दै आयो ।

दलित मुक्तिको गाँठो ‘ जात व्यवस्था ‘ भत्काउन सबैभन्दा पहिला सही विचारधारा छान्नु अनिवार्य छ । विचारधारालाई कार्यान्यवनमा लान नेतृत्व लिने सहास गर्नुपर्ने माेर्चाकाे संयोजक राजकुमार हिङ्माङले बताउनुभयाे। उहाँले भन्नुभयाे “विचारधारालाई कार्यान्यवनमा लान नेतृत्वले सहास गरे मात्रै हामीले चाहेको व्यवस्था आउँछ  ।” चितवन जिल्लामा देशैभरबाट प्रतिनिधिहरू सहभागी गराउँदै दोस्रो ऐतिहासिक राष्ट्रिय भेला हुने भएकाेले सहभागी हुन सबैलाई आह्वान गरिएकाे  छ ।
जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रिय सदस्य निर्जन विश्वकर्माले दिएकाे जानकारी अनुसार माघ २४ गते बसेको केन्द्रिय कमिटीको सातौ बैठकले चैत २६ २७ र २८ गते राष्ट्रिय भेला गर्ने गरेर निर्णय गरेको थियो । उक्त राष्ट्रिय भेलाकाे लागि प्रयाप्त तयारी नपुगेकाे कारणले जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाको बिद्रोह दिवसको अबसर राष्ट्रिय भेला गर्न लागेको हो ।
Share on Social Media

वाम आन्दोलनमा लागेपछि मैले दशैं छाडें

मेरो बाल्यकाल काठमाडौंको नैकापमा बित्यो। बाल्यकालको दशैंं सम्झनेबित्तिकै आँखामा चार चीज आउँछन्। ती हुन्– चंगा, मासु, नयाँ लुगा र पिङ।

लिंगेपिङ खेलेको सम्झना अझै ताजै छ। बाँस गाडेर पिङ बनाइएको हुन्थ्यो। रोटेपिङ त थोरै थिए। एउटा पिङ दलित बस्तीछेउको चौरमा हाल्थे।

दशैंको सम्झनासँगै आउँछ, नयाँ लुगा पनि। कपडा किनेर सिउन दिन्थ्यौँ। त्यसबेला आजको जस्तो बजारवाद आएको थिएन। दशैंंमा चंगा र लट्टाइ किन्थेँ। चंगा उडाउँथेँ।

 

दशैंं भनेपछि मासु खाने हो। त्यसबेला मासुको धेरै समस्या थिएन। तीन–चार परिवार मिलेर राँगा किन्थे। काट्थे। कुखुरा र सुँगुर त भइहाले। त्यसबेला तीनचार सयमा नै राँगा आउँथ्यो।

त्यसबेला दलितका ३६ घर थिए। अहिले ५०-६० पुग्यो होला। आठ-दश महिना पालेको सुँगुर काट्थे। कालो अनुहारको सुँगुर। सुँगुरको बोसो घ्याम्पोमा राख्थे। जो भुटुनको लागि प्रयोग गर्थे। सिनो खाने चलन हजुरबाले नै उहिल्यै हटाइसकेका थिए।

धेरै कमाइ नभएका प्रायः सबै दलित परिवारलाई ऋण बोकाएर दशैंं बिदा हुन्थ्यो। एउटा दशैंं टार्न सत्र-अठार सय ऋण लाग्थ्यो। जुन बेला तीन-चार हजार रुपैयाँले त डेढ-दुई रोपनी खेत नै आउँथ्यो।

मासुका साथै चिउरा र गेडागुडी पनि खाने चलन थियो। दक्षिणा दिन र ससुराल जान पनि पैसाकै गोडा चाहियो। सार्कीका सरकारी जागिर थिएन। के गर्ने त ? गहना बन्धकी राख्थे। बन्धकी राख्न कालीमाटी भीमसेनथान जान्थे। भीमसेनस्थान त्यसबेलाको मुख्य बजार थियो। नैकापबाट किनमेल गर्न जाने बजार।

दशैंंको किनमेल गर्न फूलपातीको दिन नैकाप नै उठेर जान्थ्यो। बन्धकी राख्दा ‘दुई प्रतिशत घिउ खाने’ भनेर काटिहाल्थ्यो, जसरी अहिले सहकारीले काट्छ।

मेरो मामाघर थानकोट हो। दशैंंमा मात्र होइन, अहिलेसम्म मामाघर गएको छैन। गरीबसँग बिहे गरेको भनी आमालाई हेला गरेकाले आमा मामाघर जानुभएन। म पनि गइनँ।

दशैंमा रमाउँथेँ। तर मेरो स्वभाव खुल्ने र खानेखाले होइन। म त अन्तरमुखी टाइपको हो।

२०४१ सालदेखि वाम आन्दोलनमा लागेँ। त्यसबेलादेखि मैले दशैंं छाडेँ। मेरो परिवारले दशैंं छाड्यो। मेरो घरमा टीका, बलि, दुर्गापूजा र जमरा केही पनि छैन।

Share on Social Media
Loading...